४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने



काठमाडौं । दशैंका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न पाइने जनाएको छ ।

गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो । मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा रहेको कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १ : ५४ बजे