४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

बँदेललाई थापेको पासोमा पाटेबाघ परेपछि…



सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–७, लमना गाउँको जंगलमा बँदेललाई थापिएको पासोमा पाटेबाघ परेको छ ।

सोमबार (भदौ १६) बिहान करिब ११ः१० बजे उक्त पासोमा पाटेबाघ परेको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनीष गुरुङको कमान्डमा पाँचजनाको टोली घटनास्थलमा पुगेको छ । आफूहरूले वन कार्यालयसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्याललय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १ : ५४ बजे