४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

वर्ल्ड लिङ्कले पनि बन्द गर्‍यो सामाजिक सञ्जाल



काठमाडौँ । वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।

वर्ल्ड लिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरु बन्द गरिएको बताएको छ ।

यद्यपी, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने वर्ल्ड लिङ्कले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  १० : ४६ बजे