४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

लगातार बढेको सुनको मूल्य आज भने घट्यो , तोलाको कति ?



काठमाडौँ ।लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : ३१ बजे