१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

संवैधानिक दायरामा रहेर निकास दिने बिषयमा प्रयास भइरहेको छ : राष्ट्रपति



गरिरहेको बताउनुभएको काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने कुरामा आफूले विचार, विमर्श र हरप्रयास गरिरहेको बताउनुभएको छ ।

उहाँले मुलुकमा कसरी लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ भनेर विचार विमर्श गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकको माग संशोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन विज्ञप्तिमार्फत आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ५ : २६ बजे