२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय



काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट कास्कीको पोखराका जिल्ला प्रशासनसहित सरकारी कार्यालयहरू खण्डहर भएका छन् ।

प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनीका कारण भएको क्षतिको मूल्यांकन समेत हुन सकेको छैन । उच्च अदालत पोखरासहितका सरकारी निकाय यति बेला खरानी बनेका छन् ।

नेपाली सेनाले सुरक्षा स्थिति नियन्त्रणमा लिएसँगै आमनागरिक आवतजावतका निम्ति बाहिर निस्किन थालेका छन् । अझै समाजमा त्रास कायम छ ।

सरकारी कार्यालय जलेर नष्ट भएसँगै सेवा प्रवाहमा चुनौती थपिएको छ । साथै, अन्तरिम सरकार गठनमा ढिलाइ हुँदा समस्या झनै बढिरहेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १२ : २७ बजे