काठमाडौं । स्थानीय बजारमा फेरी सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । आइतबार ९भदौ २९० छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ ।
३० भदौ २०८२, सोमबार
14
Shares





