२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलाको रु दुई हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला रु २० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १ : ४३ बजे