काठमाडौं । गत सोमबार जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिंदैछ ।
मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ ।
मंगलबारसरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । हिसांमा परि हालसम्म ७२ जनाको ज्यान गएको छ ।





