४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । बुधबार प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : ११ बजे