२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा



गुल्मी । लगातार वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि बुधबार ९असोज १० बिहानदेखि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडकमा थुप्रिएको पहिरो पन्छाइएपछि बिहीबार ९असोज २० बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

यस्तै, बुधबार बिहानदेखि अवरुद्ध बनेको मदनभण्डारी राजमार्ग पनि आज बिहानदेखि सञ्चालनमा ल्याइएको छ । उक्त सडकअन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३, सल्लेरीमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो । त्यस क्षेत्रमा दुवैतर्फ रोकिएका यात्रु आआफ्नो गन्तव्यतिर जान थालेका छन् ।

गुल्मीमा तीन दिनदेखि लगातार रूपमा भएको वर्षा आज बिहान रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले वर्षाका कारण विपद्जन्य जोखिम हुन सक्ने भन्दै पहिरोग्रस्त र खोलातटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : ४२ बजे