काठमाडौं । नेपाली कांग्रेसले औपचारिक बैठक पार्टी कार्यालय सानेपामा बसेको छ । जेनजी आन्दोलनमा आगलागी भएपछि आगलागी भएको दश दिनपछि कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालयमै बैठक राखेको हो ।
आगजनीबाट जोगिएको पुरानो बैठक हलमा कार्यसम्पादन समिति बैठक जारी छ ।
बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसम्पादन समितिका सदस्यहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसीसहित नेताहरू भने सहभागी छैनन् ।
बैठकका निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रर्दशनकारीको आक्रमणबाट घाइते भएका सभापति देउवा भने अस्पतालमा उपचाररत अवस्थामा रहेका छन् ।





