२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सुनको मूल्य तोलामा ११ सयले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको छ ।

आइतबार ९असोज ५० सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार ९असोज ३० सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा खरिद बिक्री–भएको थियो ।

यस दिन चाँदी प्रतितोला दुई हजार ६२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ३६ बजे