६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

राष्ट्रपतिबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐनको संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गर्नुभएको हो ।

सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको प्रवक्ता कोइरालाले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : १८ बजे