२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

काठमाडौं–मुग्लिन सडकमा पहिरोले यात्रु अलपत्र, पन्छाउन दिनभर लाग्न सक्ने



काठमाडौं । काठमाडौं– मुग्लिन सडकखण्डको धादिङमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले बताएको छ । नागढुंगा–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार अहिले पनि पहिरो गइरहेका कारण पूरै पन्छाउन समय लाग्ने देखिएको छ ।

दुईतर्फी सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : २७ बजे