२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोदारी राजमार्ग पुनः अवरुद्ध



काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग पुनः अवरुद्ध भएको छ । गएराति ठूलो पानी परेपछि गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । 

पहिरो पन्छाउने काम भइरहेको र करिब एक घण्टामा राजमार्ग सञ्चालनमा आउने सडक विभागले बताएको छ । 

सोमबार पहिरो हटाएर सञ्चालनमा ल्याइएको ठाउँमा भने पहिरो गएको छैन । सोमबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी, इकुलगायत पाँच स्थानमा पहिरो हटाएपछि सडकमा सवारीसाधनको आवागमन सुचारु भएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : ३२ बजे