२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा साँझ ६ बजे सम्बोधन गर्दै



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन कार्यक्रम रहेको छ । आफु प्रधानमन्त्री नियुक्त भएको झण्डै २ सातामा उनले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्। उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।
गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति लगायत निर्वाचनको बिषयलाइ समेटेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : ५२ बजे