२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सुन तोलामा १७ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार (असोज ९) सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँ कायम छ । बुधबार (असोज ८) छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि उच्च विन्दुबाट तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ११ : ५४ बजे