२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अब म अध्यक्ष रहिनँ, संयोजकमात्रै : प्रचण्ड



काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन् । उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजकमात्रै रहेको बताए ।

उनले भने, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजकमात्रै हो ।”

नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो ।

– न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : २४ बजे