२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत



काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न चौतर्फी दबाब बढाउन थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयमा प्रहरीको संख्या बढाइएको हो ।

जेनजी युवाले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।

जेनजीको एक समूहले मंगलबार ९असोज २१० बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदन समेत दर्ता गराएको छ ।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार ९असोज २०० साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी थिइन् । यद्यपि, प्रहरीले लिखित निर्देशन माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ५७ बजे