२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसका दुई निवर्तमान सांसद गौतम र राजभण्डारीले फिर्ता गरे रातो पासपोर्ट



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केही सांसदहरुले पासपोर्ट बुझाएका छन् । कांग्रेसका सांसद्वय प्रतिमा गौतम र सपना राज भण्डारीले रातो पासपोर्ट फिर्ता गरेका छन् ।
सांसदको हैसियतमा प्राप्त भएको रातो पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएका हुन् । यसअघि रास्वपाका सांसदहरूले पनि रातो पासपोर्ट र सांसदको लोगो फिर्ता गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ११ बजे