१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

निर्वाचन तयारीमा आयोग सक्रिय, छलफलका लागि राजनीतिक दललाई पत्राचार



काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा। जानकीकुमारी तुलाधरले जानकारी दिनुभयो । आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ ।
आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा। तुलाधरले बताउनुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ३९ बजे