२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दैछ । बैठक ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा दिउँसो १ बजेका लागि तय गरिएको छ।

बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्।

भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनपछि सभापति देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् । । आन्दोलनको दोस्रो दिन, भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको निवासमा आगजनी र तोडफोडसँगै देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो।

निवास क्षतिग्रस्त भएपछि देउवा दम्पती हाल ललितपुरमा बस्दै आएका छन् ।। यद्यपि, उहाँहरू हाल बसोबास गरिरहेको स्थानबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। आजको बैठकमा संसद् पुनःस्थापनामा जाने कि निर्वाचनमा भन्ने विषयमा पनि समीक्षा हुने बुझिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १० : ३२ बजे