२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बीपी राजमार्ग अनुगमन गरी फर्किए कुलमान, छिट्टो सञ्चालनमा ल्याउन निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् ।

रोशी खोलाले बगाएको सडकको अनुगमन गर्न पुग्नुभएका मन्त्री घिसिङले सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उनले सडक विभाग र निर्माण व्यवसायीलाई निर्देशन दिउ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा जानुभएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरे । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ११ : ०५ बजे