१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राष्ट्रपतिले डाके सर्वदलीय बैठक, प्रधानमन्त्री कार्की पनि सहभागी हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवायले जनाएको छ ।

बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाइएको छ । जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थिति राष्ट्रपतिले बोलाएको यो पहिलो बैठक हो ।

सरकार गठन भएको एक महिना पुग्दासमेत प्रधानमन्त्रीले दलहरूसँग छलफल गरेकी छैनन् । आगामी फागुन २३ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ । तीन ठुला राजनीतिक दल चुनावका बिषय फरक फरक कित्तामा देखिएका छन् । माओवादी चुनाव जाने पक्षमा देखिएको छ भने एमाले संसद पुर्नस्थापना गर्ने पक्षमा छ । यता कांग्रेसको आधिकारिक धारणा भने आजकोपदाधिकारी बैठकपछि तय हुने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : ३९ बजे