१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गगन थापाको आह्वान– अब तीन पार्टीका नेतृत्वलाई नो मोर भनौँ, इफ बट होइन



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख्य तीन दलका शीर्ष तीन नेतालाई बिदा गर्न आह्वान गरेका छन् । उनले सामाजिक सन्जालमा साढे ९ मिनेटको भिडियो सन्देश जारी गर्दै उनले बिगत धेरै समय अघिदेखिनै यीनै ३ वटै नेताहरुको नेतृत्वमा सरकार चलिरहेको भन्दै उनले उनीहरुको बिदाई हुनुपर्ने बताए । उनले भने “हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, इम्पेथी पनि राखौँ । तर, म कांग्रेस एमाले माओवादीका सबै साथीहरूलाई अपिल गर्छु– हामीले आफ्ना तीनटै नेतालाई ुब्लन्ट्लीु भन्न सक्नुपर्छ तपाईंहरू– अब नो मोर । तपाईंहरूले छाड्नैपर्छ, तपाईंहरू घर बस्नुपर्छ । अब तपाईंहरूबिना हामी पार्टी चलाउँछौँ भनेर हामी भन्नसक्नुपर्छ ।”
त्यस्तै उनले भदौ २२ अगाडिको नेपाल र भदौ २२ पछिको नेपाल एउटैरूपमा बुझ्न पनि आवश्यक रहेको बताए । “के भदौ २२ अघिको र भदौ २२ पछिको नेपाल एउटै हो ?यो म्यासेज हामीले बुझ्नुपर्छ कि पर्दैन ?,” थापाले प्रश्न गरे ।
उनले सभापतिप्रति सहानुभूति नराखेको भनेर आफूमाथि प्रश्न उठाउने प्रति लक्षित गर्दै उनले त्यस्तो प्रश्न गर्ने ठाउँ नरहेको बताए । उनले आफू र महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ मै घटनाप्रति भर्त्सना गरेको स्मरण गराएका थिए ।

“मैले र विश्वप्रकाश शर्माले वक्तव्य जारी गर्‍यौँ, त्यो कर्तव्य थियो । तर, कर्तव्य पूरा गर्नका लागि मात्र होइन हामीलाई फिल भएको कुरा हो । हामी सभापति मात्र होइन कोही पनि व्यक्तिमाथि भौतिक आक्रमण गर्नुहुँदैन भन्ने मान्छौँ हामीले फिल नगर्ने भन्ने हुन्छ रु,” थापाले भने

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४० बजे