काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने ‘म्याद भोली सम्मका लागि थपिएको छ । कार्यसम्पादन समितिको बैठक बसेसगै प्रस्ताव दर्ता गर्ने म्याद पनि थपिएको हो ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ । यही असोज २४ गते नै विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनिएको थियो । कांग्रेसमा बिशेष महाधिबेशन प्रस्तावको लागि कम्तीमा ४० प्रतिशत हस्ताक्षर आवश्यक पर्दछ । सो प्रस्ताव भएको ३ महिना भित्र सभापतिले महाधिबेशन गराउनु पर्ने बैधानिक ब्यवस्था रहेको छ ।
गएको भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका पछि महामन्त्रीद्वयले कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु गरेका हुन् ।
२७ आश्विन २०८२, सोमबार
14
Shares





