२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेप्से ४४.२५ अंकले बढ्दा कारोबार रकम भने घट्यो



काठमाडौं । नेप्से परिसूचक ४४.५ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १।७६ बढेर २,५४७।६० विन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३।०५ प्रतिशतले घटेको थियो ।

सेयर कारोबार रकम घटेर चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँको खरिदबिक्री भएको छ । आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम साढे एक अर्बभन्दा बढीले घटेको हो ।

आज २०० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।

नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र किस्ट माइक्रो इन्स्योरेन्स सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

एनआरएन इन्फ्राइट्रक्चर डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २६ करोड ४७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : १७ बजे