काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् ।
सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ ।





