काठमाडौं । तीन दिनदेखी जारी नेपाली कांग्रेसका केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रममा जारी छ । आजको बैठकमा आफ्नो धारणा राख्नदै केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले जेनजी विद्रोहको लाभ सबैभन्दा बढी कांग्रेसले लिन सक्ने बताएका छन् । जेनजी विद्रोहलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गर्दै उनले आन्दोलनका मूल मुद्दा कांग्रेसले सम्बोधन गर्नुपर्ने बताए ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवाका मुद्दा सम्बोधन र रोजगारी सिर्जना कांग्रेसका पनि मुद्दा भन्दै सम्बोधन गरेर जानुपर्ने बताए ।
“हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरूबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,” उनले भने ।
संसारभर युवा विद्रोह भइरहेको भन्दै उनले नेपालको विद्रोहको सबैभन्दा धेरै लाभ कांग्रेसले लिन सक्ने बताए । विद्रोहका लाभ उठाउन कांग्रेस आफ्ना कमजोरी समीक्षाका लागि भने तयार हुनुपर्ने उनको भनाइ छ ।





