४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनको मूल्य एकैदिन तोलामा चार हजार ८०० ले गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आइतबार ९कात्तिक २० सुनको मूल्यमा उक्त गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावल सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा किनबेच भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुबाट तोलामा ७५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : ३१ बजे