२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यसरी भित्र्याइँयो लक्ष्मी (तस्बिरहरू)



काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ ।

घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ।

यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै लक्ष्मीको पूजा गरिएको छ।

ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १० : १४ बजे