२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देउवा दम्पती सिंगापुर जाने तयारीमा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठको देउवा निवासमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो। सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको बुझिएको छ । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : १६ बजे