१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेपाली कांग्रेसको पदाधिकारी बैठक केही बेरमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक केही बेरमा बस्दै छ । केन्द्रीय समिति बैठक सुरु हुनुअगाडि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।

आजको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका एजेन्डामा छलफल हुनेछ ।

मंसिरमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्ताव गर्ने र क्रियाशील सदस्यता विवादका विषयमा बैठकमा छलफल हुनेछ । महामन्त्री थापा यो एजेन्डा बिहीबारको बैठकमा राख्न पाउने अवस्था नबनेपछि उनी बिनासूचना अनुपस्थित भएका थिए ।

कांग्रेसमा संस्थापन ९शेरबहादुर देउवा० पक्षका नेताहरू सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनपछिमात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

मंसिरभित्रै महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा संस्थापनइतर समूह रहेका छन् उनीहरुले हस्ताक्षर समेत संकलन गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ४४ बजे