१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गगन- बिश्वप्रकाशसँगको भेटमा शेरखले भने – नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउँ



काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउन आग्रह गरेका छन् ।

नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गरी समाधान दिनेगरी तयारी गर्न आग्रह गरेका हुन् ।

कांग्रेसमा संस्थापन पक्षले निर्वाचनपछि महाधिबेशन गर्ने पक्षमा देखिएइको छ भने इतरसमुह नियमित महाधिबेशनको पक्षमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १२ : ०० बजे