काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम छ । शुक्रबार ९कात्तिक १४० छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ ।





