किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर आरोहणका निम्ति पुगेका विदेशी नागरिकको उद्धार गरिएको छ ।
प्रतिकूल मौसम र हिमपातका कारण मकालु–२, शेर्पेनोकोलमा स्पेनिस नागरिक जेसस मार्टिनेज नोभास फसेका थिए । ६ दिनपछि आइतबार ९कात्तिक १६० बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताए ।
उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, दिङ्बोचेतर्फ लगिएको उनले जानकारी दिए ।
मकालु आधार शिविर क्षेत्रमा करिब ७० विदेशी र ६० नेपाली पर्यटक फसेका थिए । रासस





