१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कांग्रेस बैठक दई दिन पछि सर्यो



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुन: स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजको लागी आह्वान भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : १४ बजे