१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

ओलीसँग नजानू ,हामीले छिटै राष्ट्रिय भेला गर्दैछौँ :घनश्याम भुसाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट नै तय गर्ने बताए ।

उनले एकतामा नजाने एकीकृत समाजवादीका कमिटीका नेताहरूलाई सोही जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरे ।

“मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्नेछौँ । त्यही भेलामा हामी जम्मा हुनेछौँ र अब कसरी जाने भन्ने कुरा त्यहीबाट गम्भीर हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नेछौँ । त्यतिबेलासम्मका लागि नआत्तिनुहोला,” उनले भने ।

उनले पार्टी एकतामा नजानेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नफर्किन आग्रह गरे । यता रामकुमारी झाँक्री भने एमालेमा फर्कने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १२ : ५९ बजे