४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : ५८ बजे