काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





