२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्यमा बृद्धि, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २३) सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे