२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २४) सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ९कात्तिक २३० सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ५६ बजे