तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम ९पोखरा–जामुने० खण्डमा १८ किमि ९दुई लेन० कालोपत्र सम्पन्न भएको छ । यो खण्ड कुल ३८ किलोमिटर लामो हो । हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।
उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार, हालसम्म यो सडकको भौतिक प्रगति ५९।८९ प्रतिशत छ । वित्तीय प्रगति ४७।८० प्रतिशत प्रगति भएको छ ।
उनले भनिन्, “२९।६१ किमिमा दुईतर्फी ९चार लेन० र ७।७९ किमि सडकमा एकतर्फी ९दुई लेन० कालोपत्र भइसकेको छ ।”
चालु आवमा १४ किमि कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुई कल्भर्ट निर्माण गरिएको छ । पश्चिम खण्डका १२ मध्ये ११ पुल र १०५ कल्भर्ट पनि निर्माण गरिएको छ ।
सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेनको सडक बनाइनेछ । अन्यत्र चार लेनको सडक बनाइनेछ । आयोजनाका अनुसार, पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेनको सडक हुनेछ । रासस





