काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर प्रतिनिधिले आज (कात्तिक २८) युवा भेला आयोजना गरेका छन् । युवा भेला मध्याह्न साढे १२ बजेदेखि काठमाडौंको एक होटेलमा सुरु हुनेछ ।
विशेष महाधिवेशनका निम्ति हस्ताक्षर बुझाएको समूहले युवा भेला गर्न लागेको हो । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिले बिहीबार (कात्तिक २७) सोही ठाउँमा महिला भेलाको आयोजना गरेका थिए ।
संस्थापनइतर पक्षले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । नियमित हुन नसके विशेष महाधिवेशन आह्वान गर्नुपर्ने उनीहरूको माग छ ।
संस्थापन पक्षधर भने निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा छ । यही कारण तिहारअघि सुरु केन्द्रीय कार्यसमिति बैठक हालसम्म जारी छ ।





