काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा सामान्य गिरावट आएको छ । आज तोलामा ५०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





