१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि हुने



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल)गठन गरेको छ ।

विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो ।
नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  १२ : ४७ बजे