२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

९ महिनामै फर्के विदेशबाट, कुखुरा पालेर कमाउँछन् मासिक एक लाख



तनहुँ । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक एक लाख आम्दानी गर्दै आएका छन्।

सत्र वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरा पालनमा लागेका हुन्।

विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौं भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका हुन्।

विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल भएका हुन्।

उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन्।

सुरुआतमा ३० लाख लगानीमा ६ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गरेका बस्नेतले मनग्य आम्दानी गर्दै आएका छन्।

दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिना ५ लाख बढीको कारोबार हुने गरेको छ।

ीबहmष् दबलप
दाना, औषधि तथा श्रम खर्च कटाएर एक लाखभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले बताए। उनले भने, ुदुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ।ु

कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना ९क्रेड० स्थानीय बजारमा प्रतिथान ५ सयमा बिक्री हुँदै आएको छ। जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान दिनुपर्ने बस्नेत बताउँछन्।

पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन। दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ,ु उनको तर्क छ।

बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोगमात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ।

श्रीमती मधुमायाको निरन्तर साथमा फार्म चलाउनुभएका बस्नेत भन्छन्, ुकुखुराको मल प्रयोग गरेदेखि तोरी राम्रो फलेको छ, तेल किन्नुपरेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन।ु

व्यास नगरपालिकाले इनार निर्माणका लागि २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेतले बताए।

चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ।

दुबईबाट फर्किएर ‘सामान्य किसान’का रूपमा थालेको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक किसानका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताए।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : १४ बजे