काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ।
टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै ०७९र०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो।
टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ।





