१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सुनको मूल्य तोलामा २८ सयले बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । आज बुधबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : ०० बजे